भाद्र १० गते २०७७

कोरोना कहर, जिवन जिउने कला

अहिले विश्व परिवेशमा नै कोरोनाले प्रभाव पारेको छ । नेपालको कुरा गर्ने हो भने पनि नेपाल को सम्पूर्ण क्षेत्र कोरोनाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित भएको छ । भनिन्छ संसारका सम्पूर्ण ठूलाठूला घटना(परिघटना विपतले, अभावले आविष्कार गर्दछ । नेपालको हकमा पनि अहिले देखिएको कोभिड ( ज्ञढ को अवस्थालाई व्यवस्थापन गर्नको लागि राज्यको, जनताको र भनौ एउटा बौद्धिक जमातको अर्जुनदृष्टि के हुनुपर्छ रु के गर्न सकियो भने अहिलेको नेपालको अवस्थालाई थप प्रगतिशील बनाउन सकिन्छ रु मूलतः कोरनाको विकराल महामारी बाट बिचलित नहुन नेपाल र नेपाली जनताले के गर्ने कस्तो सोचाइ र आत्मविश्वासको विकास गर्ने भन्ने विषयमा सोच्नुपर्दछ। कोभिड ( ज्ञढ को प्रभावले चरण बद्ध रुपमा भएको लकडाउन र यसको प्रत्यक्ष असर आम सर्वसाधारण जनताको दैनिकीमा परिरहेको अवस्था छ। यस्तो विषम परिस्थितिमा राज्यमा रहेको साना तथा मझौला व्यवसाय पूर्णरुपमा विस्थापित हुने अवस्था छ । भने ठूला व्यवसायीहरूको अवस्था पनि नाजुक रहेको छ, र यसमा आश्रित ठूलो संख्यामा बेरोजगार बनिरहेका छन् । धेरै मानिसहरूको घरमा चुलो बाल्न समेत नसक्ने परिस्थिति सिर्जना भइरहेको छ । यस्तो अवस्थामा जिम्मेवार निकायदेखि आम सर्वसाधारण जनताले निकै ख्याल गर्नुपर्ने हुन्छ ।

कतबथ जयmभ कतबथ कबाभ को नारालाई आत्मसात गर्दै, सरकारका विपद् व्यवस्थापन तथा सरुवा रोग नियन्त्रण सम्बन्धित बनेका नियमलाई परिपालना गर्नुपर्दछ । दैनिक जिवनमा हुने फजूल खर्च कट्टा गर्ने बानीको विकास गर्नु पर्दछ । साथै घरमा बसेर विभिन्न किसिमका रचनात्मक ज्ञान र सीपको विकास तर्फ समय खर्चेर समयको सदुपयोग गर्न सकिन्छ । कोभिड ( ज्ञढ पछिको समय निकै सुनौलो र उर्जाशिल हुने कुरामा आत्मसात गर्दै भविष्यका लागि सम्पूर्ण क्षेत्रका मानिसले आफ्नो(आफ्नो क्षेत्रबाट गर्ने सक्ने योगदानको पहिचान गरी त्यसका लागि पूर्वतयारीको मोडल तयार पार्नु पर्दछ क्ष् यसका साथै राज्यको सम्पूर्ण जिम्मेवारी संघसंगठनहरुले पनि यो विषयमा सोच्नु पर्दछ । घर बाहिर कतै निस्कन नमिल्ने यो समयमा योग तथा ध्यान गरेर, पुस्तकहरू परेर तथा शृजनात्मक काम गरेर मानव जिवनमा आउने तनाब डिप्रेसन जस्ता विकारलाई हटाउन सकिन्छ । यसरी अगाडि बढ्दा कोरोनाबाट बच्ने मात्रै होइन वास्तविक मानव जीवनको महत्व र यथार्थता थाहा पाउन सकिन्छ ।

यो महामारीको अवस्थामा सरकारले गरेको कामहरुमा टिकाटिप्पणी मात्र गरिरहने भन्दापनि आम सर्वसाधारण जनताले सरकारलाई विपत व्यवस्थापन र सरकारी काम मा र रचनात्मक ढंगले सहयोग गर्नुपर्दछ । जसबाट सकारात्मक प्रतिफल प्राप्त हुन सक्दछ ।

                               श्रीकृष्ण सिलवाल