भाद्र १० गते २०७७
लमजुङ्ग पल्लोटारी पहिरो पिडित र गभ्भिर रोगिहरुलाई सहयोग
भदौ १०, लमजुङ्ग । लमजुङ्ग जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नम्बर ३ तरापु पल्लोटारीमा गतश्रावण ७ आएको अविरल वर्षासँगै गएको पहिरोमा परी विस्थापित भएका नागरिकहरुलाई राहत प्रदान गरिएको छ । पोर्चुगलमा रहेको लमजुङ्ग समाजले उक्त सहयोग गरेको हो । पिडितहरुको लागि रु दुई लाख ३० हजार आर्थिक सहयोग गरिएको कमल पनेरु जानकारी दिए । आफ्नो मातृभुमिमा परेको समस्यामा केही भए पनि मलम लगाउने प्रयास गरिएको पनेरुले बताए ।
त्यसै गरि गभ्भीर प्रकृतिको बिरामी भई उपचारको क्रममा रहेको राईनास नगरपालिका वडा नं ५ का दिपक नेपाली लाई पनि रु २५ हजार सहयोग गरेको बताइएको छ । समाजले अन्य पालिकाहरुमा रहेको रोगिहरुको लागि पनि उपचार सहयोग गरेको छ जिल्लाको क्होलासोथार गाऊपालिका वडा नं १ का र्मिगौला पिडित नारायण बहादुर गुरुङ् ,बेसिशहर नगरपालिका वडा न ९ शन्तकासि गुरुङ मस्याङ्दी गाउँपालिका वडा न.३ निरमाया भुजेल लाई जनही रु २५ हजार आर्थिक सहयोग गरिएको बताइएको छ ।