भाद्र १० गते २०७७

सांसद गुरुङ्गले पुरा गरे प्रतिवद्धता ः लमजुङ्गमा १० बेडको भेन्टीलेटर सहितको आइसीयु

साल भाद्र १०
काठमाडौं । लमजुङ्गका सासंद तथा नेकपा संसदिय दलका मुख्य सचेतक देब प्रसाद गुरुङ्ग ले जनतासामु गरेको प्रतिवद्धता कार्यान्वयन गरेका छन् ।
कोरोनाको कहरमा भेन्टीलेटर सहितको आइसीयु अतिआवश्यक हुन्छ । यो आवश्यकतालाई महसुस गर्दै सासंद गुरुङ्गले पहल गरेका थिए । उनले गरेको निरन्तर प्रयासपछि कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट जिल्ला अस्पतालका लागि २ करोड रुपैयाँ छुट्टीएको हो ।सो रकमबाट अस्पतालमा १० बेडको आईसोलेसन र चार भेन्टीलेटरसहित आइसीयु निर्माण हुने भएको छ ।