भाद्र १० गते २०७७

सरकारले एकाएक किन गर्यो ६० सहसचिवको सरुवा ?(सुचि सहित)

काठमाडौं । कोरोना भाइरस संक्रमणले सबै कार्यालय प्रभावित भइरहेको बेला सरकारले ६० सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ६० सहसचिव सरुवाको सूची सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री कार्यालयका सहसचिव दिनेशकुमार घिमिरेलाई प्रदेश १ मुख्यमन्त्रीको कार्यालय पुर्याइएको छ । त्यस्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्याललाई बागमती प्रदेशको मुख्यमन्त्रीकार्यालय हेटौंडा पठाइएको छ ।