भाद्र १० गते २०७७
अपडेट : गोरु काटेको निहुँमा भएको झडपका घाइते आलमको मृत्यु
काँकडभिट्टा — झापा गाउँपालिका– ३ कामाटोलीमा गोरु काटेको निहुँमा भएको झडपमा प्रहरीको गोली लागी घाइते भएका रसिकुल आलमको मृत्यु भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर मगरका अनुसार उनलको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको हो ।
मुसलमान धर्माबलम्बीको बाहुल्य रहेको कामाटोलीमा बुधबार स्थानीयबासी र प्रहरीबीच झडप भएको थियो । गोली लागि सख्त घाइते भएका ३८ वर्षिय आलमलाई उपचारका लागि बिएमसी अस्पताल पुर्याएको थियो । अस्पताल व्यवस्थापनले पनि उनको मृत्यु भएको पुष्टि गरेको छ ।
झापा गाउँपालिका– ३ कामाटोलीमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । गोली लागि कामाटोलीका ३८ वर्षिय रसिकुल आलम सख्त घाइते भएका छन् । उनलाई उपचारका लागि विर्तामोडस्थित बिएमसी अस्पताल लगिएको छ ।
गोरु काटेको खबर पाएपछि प्रहरीको टोली कामाटोली बजार पुगेको थियो । प्रहरीले घटनास्थलवाट गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयबासीले आक्रमण गरेको सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठले बताए । उनले स्थानीयले आक्रमण गरेपछि प्रहरीले फाइरिङ गरेको पनि बताए ।