भाद्र ११ गते २०७७

वृद्धहरुको लागि कोरोना संग बच्नगरि नयाँ खोप तयार,

विहीबार, ११ भदौ
काठमाडौं । अमेरिकाको मोडर्ना कम्पनीले बढी उमेर समूहका विरामीको रोग प्रतिरक्षाप्रणाली वढाउने खोप विकास गरेको दावी गरेको छ । कम्पनीका अनुसार प्रारम्भिक परीक्षणहरुबाट यो खोपले उमेर बढी भएका बिराममा प्रतिरक्षा उत्पादन गर्ने प्रतिक्रिया दिइको छ ।
मोडर्न कम्पनीले बुधबार भने ५६ देखि ७० बर्ष उमेरका १० र ७१ बर्षभन्दा माथि उमेरका १० व्यक्तिहरुमा यो परिक्षण गरिएको छ। सबै स्वयम्सेवकहरुलाई २८ दिनको फरकमा १०० एमजीको दुई डोज दिएको छ ।
कम्पनीका अनुसार खोपपछि उनीहरुमा रहेको एन्टिबढी तटस्थ रहेको पाइयो । अनुसन्धानकर्ताका अनुसार यी एन्टबडीहरू कोरोना भाइरसको प्रतिरोधात्मक क्षमताका लागि आवश्यक छन्। कम्पनीले यो पनि भनेको छ स्वयंसेवकहरुमा पत्ता लागेका एन्टिबडीहरुको संख्या कोरोनाबाट फर्केका बिरामीहरुको भन्दा बढी थियो ।
कुनै गम्भीर साइड इफेक्ट पनि खोप सप्लीमेन्ट लिने मानिसहरूमा देखिएन । केही बिरामीहरूले टाउको दुख्ने र थकानको गुनासो आएको छ । तर प्रायजसो हल्का साइड इफेक्टहरू दुई दिनमा समाप्त भयो ।
अमेरिकामा थुप्रै कोरोना भाइरस विरुद्धका खोपहरुमा काम भइरहेको छ । ती मध्ये यो भ्याक्सिन राम्रो प्रतिफल दिनेमा गणना गरिएको छ । मोडर्नले यो भ्याक्सिनको तेस्रो चरण परीक्षण पनि शुरू गरिसक्यो ।, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रूपमा १७० वटा खोपहरूमा काम भइरहेको छ ।