भाद्र ११ गते २०७७

पोखरा गण्डकी अस्पतालमा एक संक्रमितको मृत्यु

कास्की । पोखरामा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा ३२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
अरु कुनै पनि रोग नदेखिएकी महिलाको कोरोनाका कारण मृत्यु भएको गण्डकीमा यो पहिलो पटक हो ।
“उहाँलाई अन्य कुनै रोग थिएन, कोरोना लागेर नै निधन भएको यो पहिलो केस हो,” पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रका निर्देशक डा। अर्जुन आचार्यले भने ।
गण्डकीमा कोरोनाबाट निधन हुनेको संख्या ८ पुगेको छ । भदौमा कोरोनाले मृत्यु भएको यो तेस्रो घटना हो ।