भाद्र ११ गते २०७७

राईनासले लम्वायो लकडाउन, भदौ २० सम्म कायम

भदौ ११। लमजुङ्ग ।
लमजुङ्गको राईनास नगरपालिका भदौ २० गते सम्म बन्द कायम हुने भएको छ । यस अघि भदौ १ गते देखि पालिका क्षेत्र भित्र प्रबेश गर्न बन्देज गरिएको थियो । पहिलो चरणको बन्द अबधी सकिएपछि पनि कोरोना संक्रमणको जोखिम कायम रहेकोले पालिका क्षेत्रमा हिडडुल गर्न तथा अन्य कृयाकलाप गर्न बन्देश गरिएको प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । पछिल्लो अबस्थामा लमजुङ्ग जिल्लामा समुदाय स्तरमै कोरोना संक्रमण बढ्न थालेकोले पालिकाले पनि सिल गर्न पर्ने बाद्यता र्सिजना भएको उहाँको भनाई छ । पालिकाले एक बिज्ञप्ती प्रशाशित गरि नोवल कोरोना भाईरस बाट उत्पन्न परिस्थिती र यसको संभावित खतरालाई मध्यनगर गर्दे बिहान एक घण्टा मात्र अतिआबस्यक सेवाका लागि खुला गर्ने बताएको छ ।