भाद्र ११ गते २०७७

क्व्होलासोंथरको गाउँपालिकाको कार्यालय एकसाता बन्द

प्रमोद अधिाकारी, लमजुङ
बिहीबार, भदौ ११
लमजुङ जिल्लाको क्व्होलासोथर गाउँपालिकामा कार्यरत एक कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टी भएपछी गाउँपालिका सिल गरिको छ । उक्त संक्रमित व्यक्ति २६ वर्षीय पुरुष भएको गाउँपालिकाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङको समन्वयमा गाउँपालिकाले कोरोना संक्रमण फैलिन सक्ने संभावना रहेको भन्दै गाउँपालिकाको वडा नं. १ देखि ४ सम्म अनिश्चित समयका लागि सिल गरिएको तथा अन्य वडाहरुमा पनि सतर्क रहनका लागि जानकारी गराएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । त्यस्तै यस पालिकाका जनप्रतिनिधिहरु घलेगाउँ र कर्मचारीहरु मालिङ स्थित गाउँ पालिकाको कार्यालय, आमा समुहको भवनमा क्वारेन्टाइनका रुपमा राखिएको छ । घलेगाउँमा अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रनिधि र गाउँपालिकाको आवास तथा आमा समुहको भवनमा कर्मचारीहरुलाई राखिएको छ ।उहाँले भन्नुभयो, हामीले यस क्षेत्रमा रहेको अत्याश्यक बाहेकका सबै सेवाहरु तथा हिड्डुल गर्नमा रोक लगाएका छौं । कार्यालय समेत एक हप्तासम्म बन्द गरिएको उहाँले बताउनुभयो । त्यस्तै सो क्षेत्रमा बाहिरी ब्यक्ति जानलाई समेत रोक लगाइएको छ ।