भाद्र १२ गते २०७७

कोरोना कहरका बिच भारतले गर्यो यस्तो गभ्भीर र्निणय…..

काठमाडौ । कोरोना कहर चर्किरहेको बेला भारतमा अर्को एक र्निणय गरिएको छ । कोरोना संकटकाबीच भारतको राजस्थानमा धार्मिक स्थल खोल्ने महत्वपूर्ण निर्णय गरिएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजस्थानको गहलोत सरकारले सेप्टेम्बर ७ मा, धार्मिक स्थानहरू सर्वसाधारण जनताको लागि खोल्न सक्ने बताएको छ । मुख्यमन्त्री सीएम अशोक गहलोतले प्रधानमन्त्री निवासमा आयोजित उच्चस्तरीय बैठकमा यस्तो निर्णय गरेका हुन् । सीएमले अधिकारीहरुलाई निर्देशन दिएका छन कि धार्मिक स्थलमा सामाजिक दूरी राख्ने लगायतका सबै उपायहरु कायम गर्नु अनिवार्य हुनेछ ।

धार्मिक स्थलहरुमा समय–समयमा स्यानिटाइजर गर्नु पर्छ पनि भनेका छन् । सम्बन्धित जिल्लाका कलेक्टरहरू र एसपीहरूले ठूला धार्मिक स्थलहरूको भ्रमण गर्ने छन् र नियमित रूपमा अवलोकन गर्नेछन् । मुख्य प्रशासनमन्त्रीले अधिकारीहरुलाई भनेका छन् कि जिल्ला प्रशासन, धर्मगुरु र धार्मिक स्थलहरुको सञ्चालनका लागि गठित कमेटीका साथै आगन्तुकहरु लाई स्वास्थ्य प्रोटोकलको पालनामा कुनै त्रुटि नभएको सुनिश्चित गर्नुपर्नेछ ।