भाद्र १३ गते २०७७
तरापु पल्लोटारी पहिरो पीडितहरुको लागि सहयोग आउने क्रम जारी
लमजुङ्ग,लमजुङ्गको मर्स्याङ्गदी गाऊपालिका तरापू पल्लोटारी पहिरो पीडितहरुकोआवास निर्माण गर्नका लागि राहत आउने क्रम जारी छ । बिषेश गरि जिल्ला भित्रका बिभिन्न क्षेत्रमा कर्मथलो बनाएका जिल्लाबासीहरुले पिडितहरुको लागि सहयोग गरेका छन । राईनास नगरपालिका घर भएका हाल अमेरिका बस्दै आएका सुरेन्द्र नेपालीको पहलमा संकलित रकम हस्तान्तरण गरिएको छ । पालिकाको उपाध्यक्ष होम बहादुर नेपाली मार्फत पहिरो पिडितहरुको लागि रु.१ लाख ४९ हजार ३ सय ८० रुपैया सहयोग उपलब्ध गराइएको हो ।
यसैगरि राईनास दलित संजालले रकम संकलन गर्न अभियान सुरु गरेको थियो । पिडीतहरुको रोहबरमा राईनास नगरपालिकाका प्रमख सिंह बहादुर थापा,शिक्षा शाखा प्रमुख पुर्ण नेपाली,राईनास नगरपालिका दलित संजालका अध्यक्ष शंख बहादुर नेपाली, अभियान्त राजेन्द्र सिर्मल,राजु नेपाली सहितको टोलिले सहयोग प्रदान गर्नु भएको हो । विपत्तिको समयमा स्थानीय सरकारलाई साथ दिई बाढि–पहिरो पीडितलाई सहयोग गर्नु भएकोमा मर्याङ्गदी गाऊपालिका उपाध्यक्ष होम बहादुर नेपालीले धन्यवाद ब्यत्त गर्नु भयो ।
उक्त स्थानमा अहिले कम्ती ५० परिबारको ब्यबस्थापन गर्न पर्नेछ । पिडितहरुको अस्थाई आबासका लागि र्निमाण कार्य जारी छ ।