भाद्र १३ गते २०७७
नेपालका यि भिआईपिहरु नै छन होम आइसोलेशनमा
काठमाडौं । कोरोना सङ्क्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम आइसोलेसनमा बस्नुभएको छन् ।
छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भेटिएपछि केही दिनअघि सोही स्थानमा बैठकमा सहभागी भएकाहरु होम आइसोलेसनमा बसेको बताईएको छ ।
यस्तै सचिव महेन्द्र गुरागाई पनि होम आइसोलेसनमा बस्नुभएको छ । सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो । बैठकमा सहभागी एक कर्मचारीमा सङ्क्रमण देखिएको हो ।
मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको छ । तर नतिजा आउन बाँकी छ ।
सत्तारुढ दल नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेल र थापा आइसोलेसनमा बसेसँगै नेकपाको भोलि बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित भएको छ । सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।