भाद्र १६ गते २०७७
कोरोना विरुद्ध बारे डब्लुएचओको यस्तो आग्रह
काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले कोरोना भाइरस कोभिड–१९ विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । बिभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला डब्ल्यूएचओको यो भनाइ सार्वजनिक भएको हो ।
संगठनका मुख्य बैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकारहरुसँग कुरा गर्दै खोपलाई गम्भीरताका साथ लिनुपर्ने बताए। परीक्षण पूरा गरेपछि प्रयोगको अनुमति पाउने भएपनि कोरोनाविरुद्धको खोपलाई हल्का रुपमा लिन नहुने उनको भनाइ छ।
हाल ३३ वटा खोप क्लिनकल परीक्षणमा छन् भने १ सय ४३ वटा खोप प्रि क्लिनिकल मुल्यांकनको चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनले विना तयारी लकडाउन हटाएका देशलाई संक्रमण भयावह हुन सक्ने चेतावनी पनि दिएको छ ।