भाद्र १६ गते २०७७

कोराना बाट मृत्य भएका स्वास्थ्यकर्मिलाई शहिद घोषणा गर्न माग

भदौ १६ । नेपालमा नोवल कोरोना भाईरस(कोविड१९) बाट मृत्यु भएका पहिलो स्वास्थ्यकर्मी लाई शहिद घोषणा गर्न माग गरिएको छ ।
बिषेशगरि स्वास्थ्यकर्मि तथा स्वास्थ्य संग संबन्धीत संघ सस्थाहरुले कोरोनाबाट निधन भएका महोत्तरीका हेल्थ असिस्टेन कमलेश सहनीलाई स्वास्थ्य शहिद घोषणा गर्न माग गरिएको हो । यसैबिच अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष शिब के.सी. ले एक बिज्ञप्ती प्रकाशित गरी सहनीलाई राज्यले शहिद घोषणा गर्न माग गर्नु भएको छ ।
सेवा प्रबाहका क्रममा संक्रमित हुनु उहाँको निजि कुरा मात्र होईन, देश र जनताको लागि सर्मपित तथा राज्यले दिएको आदेश पालना गर्दा भएको दुर्घटना हो । कर्तब्य पालनका क्रममा भएका यस्ता घटनाबाट हामि स्वास्थ्यकर्मीहरु मर्माहत मात्र होईन निरास पनि हुने स्थिती र्सिजना भएको उहाँले बताउनु भएको छ । तर कर्तब्य पालना गर्नू सबै स्वास्थ्यकर्मीको धर्म भएजस्तै राज्यले भत्ताको लोभ देखाउने मात्र नभई स्वास्थ्यकर्मिको सबैखाले सुरक्षा लिन सक्नुपर्ने जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।