भाद्र ३० गते २०७७

भिटोफ गण्डकीले सदस्यता नविकरण शुल्क नलिने

पोखरा । नेपालमा ग्रामिण पर्यटनको विकासको लागि प्रवद्र्धन गर्ने कार्य गर्दै आएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी समितिले आफ्ना सदस्यहरुको नविकरण शुल्क निशुल्क गर्ने निर्णय गरेको छ ।

भिटोफ गण्डकीको सोमबार भएको भर्चुअल बैठकले उक्त निणर्य गरेको साथै मञ्चको साधारण सभा पनि भर्चुअल विधिबाट नै सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष नवराज अधिकारीले जानकारी दिएका छन् ।

भिटोफ गण्डकीमा पर्यटन व्यवसायमा संलग्न व्यवसायी तथा होमस्टेहरु आजिवन र साधारण गरी जम्मा ७५सदस्यहरु छन् । समितिले हरेक वर्ष एक हजार पाँच सय नविकरण शुल्क लिर्दै आएको थियो ।कोभिड १९को महामारीको असर पर्यटन क्षेत्रमा परि व्यवसाय नै धरासयमा पुग्न लागेको अवस्थालाई मध्येनगर गर्दै उक्त निर्णय गरिएको अधिकारीले वताए ।

भिटोफ गण्डकीले प्रदेश भित्रका होमस्टेहरुको सम्भावना अध्ययन गरी हरेक वर्ष एक होम स्टेलाई गन्तव्य र एक लाई उत्कृष्ट होम स्टे घोषणा गर्दैै प्रवद्र्धन तथा प्रचारप्रसार गर्दै आई रहेको छ भने प्रदेश सरकार संगको सहकार्यमा होम स्टे संचालकलाई तालिम तथा होमस्टेहरुको विचमा अन्तरसम्बन्ध कायम गर्ने कार्य गर्दै आईरहेको भिटोफ गण्डकीका संस्थापक तारानाथ पहारीले वताए ।