भाद्र ३१ गते २०७७

सर्प वा नागले दुध पिउछ ? के हो यथार्थ । हेनुहोस सर्प संबन्धी केही जान्नै पर्ने कुराहरु ।

सर्प एक घस्रने प्रजातीको मांसाहारी सरिसृप जीव हो। प्रकृतिको खाद्य श्रृंखलामा यो द्वितीय वा तृतीय उपभोक्ताका रूपमा रहेको हुन्छ। वैज्ञानिक अध्ययन–अनुसन्धान अनुसार सर्पका सबै प्रजातिहरू मांसहारी हुन्छन्। कोही कीरा–फट्याङ्ग्रा खान्छन् भने कोही भ्यागुता, मुसा जस्ता साना जनावरहरूको शिकार गर्दछन्। अजिंगरले त स–साना बदेल, हरिणका पाठालगायत मान्छेकै केटाकेटी पनि निलिदिन्छ। त्यसैले सर्प, साँप, नाग भन्नासाथ हामी डर, भय, त्रास, कौतुहल, रहस्ययुक्त मनस्थितिमा पुग्दछौँ।

नाग वा सर्पले दूध पिउँछ भन्ने एक भ्रम हो।सर्पको बाहिरी कान हुँदैन। जमीनको कम्पनका आधारमा त्यसले आफ्नो बाटो पहिल्याउँछ। सपेराहरुले बजाउने बिन बाजा पनि सर्पले सुन्दैन। बिनको नचाइमा सर्प झुल्ने मात्र हो। सपेराले बिन नघुमाउने हो भने गोमनले टाउको झुलाउँदैन। बिन सुनेर सर्प झुल्छ भन्ने पनि अर्को भ्रम हो। सर्पको जिब्रो देखेर हामी तर्सन्छौँ। हामीलाई विषवमन गर्ने, डस्ने अवयव नै त्यो फाटेको जिब्रो हो कि जस्तो लाग्छ तर त्यो अर्को भ्रम हो। सर्पको जिब्रो अति संवेदनशील ज्ञानेन्द्रीय हो। यसले आफ्नो शिकारको गन्ध पछ्याउन मद्दत गर्दछ। हाम्रो जिब्रो जस्तो खाद्य पदार्थको स्वादानन्द दिने अवयव पनि यो होइन।
सर्पले आँखा बन्द गर्न, झिम्क्याउन सक्दैन। सर्पको आँखाले क्यामराले जस्तो चित्र छायाङ्कन गर्ने र शत्रुको चित्र आफ्नो जोडी वा मित्रलाई उपलब्ध गराउने कुरा पनि मिथ्या हो। बरु कुनै कुनै सर्पले अँध्यारोमा देख्न सक्छन्। हिमाली क्षेत्रमा पाइने भाइपर सर्पको थुतुनोनिर केही थोप्लाहरू हुन्छन्। ती थोप्लाका सहायताले उसले न्यायो बस्तु ठम्याउन सक्छ। अँध्यारोमा तस्बिर खिच्ने इन्फ्रारेड क्यामरा यही सिद्धान्तमा निर्माण भएको हो।

कहिलेकाहीँ दुई सर्पले आपसमा बेरिएर टाउको उठाउँछन् र हेर्नेलाई अनौठो द्विविधामा पारिदिन्छन्। कसै कसैले यसलाई सर्पको सम्भोगका रूपमा अर्थ्याउँछन्। वास्तवमा यो दुई भालेको चाहिँ झगडा हो। निर्धो हारेर फर्केपछि बलियोले त्यस क्षेत्रको पोथीलाई आफ्नो बनाउँछ।

सर्पका टोकाइबाट बच्ने उपायहरु।
सर्पको टोकाईपछि उपचार गर्नुभन्दा सर्पको टोकाईबाट बच्नु नै उत्तम हो । यस्ता व्यवहारिक उपाय अपनाएर सर्पको टोकाईबाट बच्न सकिन्छ ।

१। सर्प प्राय राती निस्कने गर्छ । त्यसकारण प्रकाश दिने वस्तु टर्च, लाल्टीन आदि बोकेर मात्र तथा खुट्टामा जुत्ता र शरीर ढाक्ने कपडा लगाएर मात्र बाहिर हिडडुल गर्नुपर्छ ।
२। घर वरपर वा बच्चाहरूले खेल्ने ठाउँमा झार, जंगल वा झ्यास भए हटाउने वा जमिनमा रहेका दुलाहरू पुर्नुपर्छ ।
३। सर्प बस्ने ठाउँहरू जस्तै परालको थुप्रो, दाउराको चाङ ढुंगा वा ईटाको थुप्रो कुनाकाप्चा वा प्वालमा चलाउनुपरेमा पहिला लामो लठ्ठीले चलाएरमात्र हातले चलाउनु पर्छ । त्यस्ता सर्प बस्ने ठाउँहरु घर वरपर कदापि हुनुहुन्न ।
४। सर्पलाई जिस्क्याउनु वा चलाउँनु हुँदैन, कतिपय सर्प निकै नै रिसाहा हुन्छन् र सामान्य रूपमा चलाए पनि टोकिहाल्छ ।
५। सर्पले मरेको जस्तो स्वाङ पार्न सक्छ, त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनुहुँदैन । बरू अलि लामो लठ्ठीले चलाएर मरे–नमरेको यकिन गर्नुपर्छ ।
६। साना–साना नानीले खेल्दा सर्प बस्न सक्ने ठाउँलाई हातले चलाउने, दुलोमा हात घुसार्नेजस्ता काम गर्न सक्छन् र सर्पले टोकी सकेपछि डरका कारण अभिभावकलाई नबताउने हुनसक्छन् । त्यसकारण सर्पका बारेमा केटाकेटीलाई पूर्ण जानकारी गराउनुपर्छ र टोकी हालेमा तुरुन्त खबर गर्नु भनी सिकाउनु पर्छ । यसका साथै अभिभावकले आफ्नो बच्चामाथि विषेश निगरानी राख्नु पर्छ ।
७। राती सुत्दा झूलको प्रयोग गर्नु पर्छ ।
८। सर्पको बढी प्रकोप भएको ठाउमा सकभर एक्लै हिड्नु हुँदैन।
९। ताल—तलाऊ, नदी—नालामा पनि विषालु सर्प हुने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।
सर्पले टोकेमा देखिने सङ्केत टोक्ने सम्पूर्ण सर्प विषालु हुँदैनन् । ८० प्रतिशत सर्पहरूको टोकाई विष नलाग्ने खालको हुने गरेको एक तथ्यांकले देखाएको छ । तर सर्पले टोकेमा मान्छे आत्तिने गर्छन् । यसले उनीहरूमा तनाव सृजना भई हृदयाघात हुन्छ र त्यसैकारणले पनि मृत्यु हुने गरेको छ ।

तस्बिर स् हरेप ् न्चभभल उष्त खष्उभच

सर्पले टोकेमा के गर्नेरु
सबै सर्प विषालु हु“दैनन् र टोक्नासाथ व्यक्तिको मृत्यु पनि हुदैन । तुरुन्त मृत्यु भएमा बिरामी डराएर मुटुघात भई मृत्यु भएको बुझ्नु पर्दछ । विष सर्न केही समय लाग्ने भएकाले विषकै कारणचाहिँ अलि समय पछि मृत्यु हुने गर्दछ । सर्पले टोकी हालेमा बिरामीले यस्ता उपाय अपनाउनुपर्छ

१। तनाव कम गर्न बिरामीलाई सान्त्वना दिने
२। टोकेको ठाउको तल्लो जोर्नीदेखि माथिल्लो जोर्नीसम्मको भागमा २ औंला छिर्ने गरी खुकुलो व्यान्डेज वा १० सेन्टिमिटर चौडा कपडाले बेर्ने ९प्रेसर व्यान्डेज०
३। टोकेको भागलाई हल्लिन नदिन स्प्लिन्ट ९काम्रो० को प्रयोग गर्ने र सक्दोचा“डो बिरामीलाई अस्पताल वा सर्पदंश केन्द्रमा पुर्याउने ।
४। सर्प मरेको भए पहिचानका निमित्त अस्पताल लैजाने, तर हरेक सर्पलाई चिकित्सकले चिनेकै हुनुपर्छ भन्ने हुन्न।
५।,उपचार नहुन्जेलसम्म बिरामीलाई पानीसमेत नखुवाउने।

(लेखक त्रिभुवन विश्वविधालय प्राणीशाश्त्रको विद्यार्थी हुनुहुन्छ ।)