असाेज २४ गते २०७७

एकता बचत तथा ऋण सहकारी द्धारा पत्रकार दाहाल सम्मानित

पोखरा,
पोखरामा बिगत १० बर्ष भन्दा अगाडी बाट पत्रकारीतामा सक्रिय फेवा टेलिभिजनका समाचार प्रमुख पुष्प राज दाहाल सम्मानित हुनु भएको छ । पत्रकारीता मार्फत सहकारी तथा बित्तिय क्षेत्रमा योगदान गरेको भन्दै उहाँलाई सम्मान गरिएको हो । युवा तथा कृयाशिल पत्रकार दाहाललाई पोखरामा रहेको एकता बचत तथा ऋण सहकारी सस्थाले नगद सहित सम्मान गरेको हो । सस्थाको आफ्नो साधारणसभाको शन्र्दभमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ्गले उहाँलाई दोसल्ला तथा सम्मानपत्र सहित सम्मान गर्नुभयाृ ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामीला तथा योजना मन्त्री किरण गुरुङले सहकारीमा गरिएको लगानीे उत्पादन मुलक क्षेत्रमा केन्द्रित हुनु पर्ने बताउनु भएको छ ।
पोखरा १४ स्वागत नगरमा रहेको एकता बचत तथा ऋण सहकारी सस्थाको ९ औं बार्षिक साधारण सभाको उद्धघाटन गर्दै मन्त्री गुरुङले राज्य संचालनमा मुख्य तीन आर्थिक खम्वा मध्य सहकारी संस्थाहरुको महत्वपुर्ण स्थान रहेकोमा जोड दिनुभयो । कार्यक्रममा बिशेष अतिथीको रुपमा बोल्दै मुख्यमन्त्रीका राजनितिक सल्लाहाकार गोबिन्द बहादुर नेपालीले सहकारीहरुले सहकारीका सिद्धान्त अनुसार काम गर्नुपर्नै बताउनुभयो साथै उहाँले सहकारीहरुले नगद संकलन लाई मात्र मुख्य आधार नबनाईकन जम्मा भएको लगानीलाई रोनगारीमा परिणत गराउँनुपर्नै बताउनुभयो । रुपा गाउँपालीकाका अध्यक्ष नवराज वझाले गाउँ घरका उत्पादनमा सहकारीले लगानी बढाउनमा लागी आग्रह गर्नुभयो ।
कोभिड १९ संक्रमणका कारण छोटो रुपमा संचालन गरिएको कार्यक्रममा संस्थका अध्यक्ष वालासिंह काउचा मगरले अध्यक्ष, कोषाध्यक्ष लगाएतको प्रतिबेदन सारांशमा प्रष्तुत गर्नुभएको थियो ।
त्यसैगरी बर्ष भरी उत्कृष्ठ कार्य सम्पादन गरेको आधारमा सहकारीको सहायक ब्यवस्थापक अम्बिका कार्की तथा फिलिपिन्स बाट भर्खर एम.डी गर्नुभएको सस्थाको सेयर सदश्यकी छोरी दिपालक्ष्मी थापा लाई नगद सहित सम्मान गरिएको छ ।
हाल ३ हजार ७ सय ३७ सेयर सदश्य रहेको सहकारी संस्था कास्की जिल्लमा मात्रै सिमीत भएको हुदा लाई प्रदेश स्थरिय बनाउनको लागी पहल गरीने अध्यक्ष वालकृष्ण काउचामगरले बताउनुभयो । कार्यक्रममा सहकारीका उपाध्यक्ष नवराज सुबेदी ले स्वागत मन्तब्य ब्यक्त गर्नुभयको थियो भने कार्यक्रमको संचलन सचिब सुर्दशन पौडेलले गर्नुभयको थियो ।