कार्तिक ४ गते २०७७
दसैं बिदामा बैंकहरुका शाखा बन्द हुने
कार्तिक ४,काठमाडौँ —
दसैंको बिदामा बैंकका सबै शाखा बन्द हुने भएका छन् । सो अवधिमा ग्राहकले डिजिटल बैकिङ मार्फत् भने कारोबार गर्न सक्ने छन् ।
‘यही कात्तिक ७ देखि ११ गतेसम्म बैंकका सबै शाखाहरु बन्द हुने भएता पनि डिजिटल बैंकिङ सेवा सूचारु हुनेछ,’ बैंकर्स संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एटीएम सेवा समेत यथावत रुपमा प्रयोग गर्न सकिनेछ ।
कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न पनि ग्राहकलाई संघले आग्रह गरेको छ ।
अघिल्ला वर्षहरुमा दसैं बिदामा पनि बैंकहरुले सीमित शाखा खुला राखेर आधारभूत बैकिङ सेवा दिँदै आएका थिए । यो वर्ष कोभिड–१९ को जोखिम उच्च रहेका भन्दै बैंकहरुले दसैंका लागि सरकारले दिएको सार्वजनिक विदाको दिन बैंक बन्द गर्ने भएका हुन ।
‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण मुलुकमा पनि बढदै गएको र पछिल्ला केही दिनहरुमा सो संख्या झन् बढदै गएको हामी सबैमा विदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वाणिज्य बैंकका कर्मचारीमा समेत संक्रमणको दर दिनहु बढदै हालसम्म ३ हजार ७ सय भन्दा धेरै कर्मचारीहरु संक्रमित भइसकेको अवस्थामा पनि नियमित रुपमा सेवा प्रदान गर्दै आइरहेका छौं ।