कार्तिक ५ गते २०७७

योजना आयोग सदस्य ढुंगानाले दशैभत्ता नलिने

पोखरा, गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य डा. भिमा ढुगांनाले आफुले नियम अनुसार पाउने दशै भत्ता नलिने घोषणा गर्नुभएको छ । उहाँले दशै भत्ता स्वरुप पाउने रकम कोरोना उपचार कोषमा जम्मा गर्ने घोषणा गनूभएको हो । यसअघि गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले पनि मन्त्रीहरुको दशै भत्ता कोरोना कोषमा जम्मा गर्ने र्निणय गरेको थियो । सरकारले घोषणा नगरे पनि आफुले ब्याक्तिगत रुपमा पनि भत्ता नलिने सोच बनाईसकेको थिए । सरकारले पनि र्निणय गरेकोले आफुले पनि भत्ता नलिने र्निणय गरेको उहाँको बताउनुभयो ।