कार्तिक ५ गते २०७७
ऋषि,लिला पत्रकारिता पुरस्कारबाट बास्तोला पुरस्कृत
राष्ट्रिय समाचार समितीमा कार्यरत पोखराका पत्रकार हरिप्रसाद बास्तोला ऋषि, लिला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन ।
पोखरा बृद्धाश्रमद्वारा सञ्चालिकत उक्त पुरस्कार आश्रम ले एक एक समारोहका बीच पत्रकार बास्तोलालाई सम्मान गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले २० हजार रुपैयाँ नगद सहित सम्मानपत्र र दोसल्लाले बास्तोलालाई सम्मान गर्नुभयो ।
राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयमा कार्यरत बास्तोलालाई समाचार सम्प्रेषणका माध्यमबाट ज्येष्ठ नागरिक एवम् असहायको हकहितमा सहयोग गरेको भन्दै सम्मान गरिएको हो । सो अवसरमा प्रदेशसभा सदस्य मीना गुरुङ र इन्द्रधारा विष्टलाई पनि बृद्धाश्रममा विभिन्न समयमा सहयोग पु¥याएको भन्दै सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुनले ज्येष्ठ नागरिक प्रति सरकार संबेदनशिल रहेको र हरेक बर्ष बजेट बिनियोजन भईरहेको बताउनु भयो । नागरीकता नपाएका कारण पाउन नसकेको सामाजिक सुरक्षा भत्ताका लागि नागरीकता प्रदान गर्ने संबन्धमा आफुहरुले सहजिकरण गर्ने पनि उहाँले सो अबसरमा उल्लेख गर्नुभयो ।
कार्यक्रममा पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुली, प्रदेश सभा सदस्यद्धय इन्द्रधारा विष्ट,मीना गुरुङ,प्रतिभा छनौट समितिका संयोजक पुण्य पौडेल,पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले तथा पुुरस्कृत व्यक्तित्व हरिप्रसाद बास्तोला लगायतले बोल्नुभएको थियो ।