कार्तिक ७ गते २०७७

दसैंमा मासु खादा यस्ता कुरामा ध्यान दिनुुहोस

कोरोनाको महामारिको बिच नेपालिहरुको महान चाड बडा दशै घर आगन मै आइसकेको छ । परापुर्ब कालदेखिनै दशैमा हरेक घर खसी, रागा, बँदेल वा कुखुरा काटेर मासुका परिकार खाने र टीका थाप्न आउने इस्टमित्रलाई ख्वाउने चलन छ । आफनो गक्ष अनुसार हरेक घरले सिङगासिङै पशुपन्क्षी काट्ने हुदा अन्य समयको तुलनामा धेरै मासु राखेर लामो समय सम्म खाने गरिन्छ । मासु स्वस्थको लागि फाइफाजनक भयता पनि उपयुक्त तरिकाले तयारी, भन्डारण र सेबन नगर्दा चाडको समयमा मानिसहरु बिरामी पर्ने र ज्यानै जाने जोखिम हुन्छ । त्यसैले दशैको समयमा मासुको सेबन बाट आइपर्ने समस्याबाट बच्न पशुपन्क्षी उत्पादन गर्दा वा किन्दा देखि नै धेरै कुराहरुमा ध्यान पुराउनु पर्छ । अर्को सब्दमा भन्नुपर्दा गोठ देखि ओठसम्म आइपुगदासम्म नै मासुलाइ सुरक्षित र स्वास्थ राख्नुपर्छ ।

डा. प्रकाश अधिकारी, पशु चिकित्सक

कस्तो पशुपन्क्षी किन्ने
दशैमा आफ्नो आफ्नो सस्कृती र गक्ष अनुसार कुन पशुपन्क्षी उपभोग गर्ने भन्ने निर्धारण हुने भएता पनि स्वस्थको दृस्ठिकोणले सेतो र कम बोशो भएको मासु हितकर हुन्छ । स्वस्थ पशुपन्क्षीको मासु मात्र सेबन गर्नु पर्दछ । मानिसमा लाग्ने ७० ५ रोगहरु पशुपन्क्षीबाट सर्ने हुदा बिशेष ध्यान पुराउनु पर्छ । रोगी पशुपन्क्षी को मासुबाट मानिसमा एन्थ्राक्स , क्षयरोग, ब्रुसेलोसिस, साल्मोनेलोसिस, लिस्टेरिओसिस, ट्राइकेनेलोसिस, टेनियासिस लगायत अन्त्य थुप्रै रोगहरु लागने गर्छ । तसैले सम्भब भएसम्म कुनै पनि पशुपन्क्षि बध गर्न पुर्ब दक्ष पशुचिकित्स बाट परिक्ष्य्न गरिएको पशुपन्क्षी मासुको लागि उपयुक्त मानिन्छ । दशैको समयमा नेपाल सरकारले देशका मुख्य बजारमा पशुपन्क्षीको स्वास्थ परिक्ष्ण गर्ने ब्यबस्था मिलाएको हुन्छ, जसनुसार स्वास्थ खसीबोकाको सिङ हरियो रङ र अस्वास्थ खसिमा रातो रङ लगाउने गरिन्छ । त्सैले खसिबजार बाट खसी किन्दा सिङमा हरियो लगाएको खसी किन्नु पर्छ । यो बाहेक उपभोक्ता स्वमले पनि स्वास्थ खसीका लक्ष्यण हरु थाहा पाई राख्नु पर्दछ ।मासुको लागि पशुपन्क्षी किन्दा पशुपन्क्षीको स्वास्थलाई प्रमुख ध्यान दिनुपर्छ । हेर्दा फुर्तिलो, चलाख र चर्ने वा घाँस दिदा रुचिका साथ खाने पशु छान्न्नु पर्छ ।नाक र मुख बाट सुगान र र्याल निस्केको, पेट फुलेको, छेरेको वा पुछार वरिपरि धेरै गोबर टासिएको, अत्याधिक दुब्लो, सरिरमा गिर्खागुर्खी भएको, कृर्ना उपैयाको सन्क्र्मण भएको पशुपन्क्षी किन्नु हुदैन ।खसिबाख्राको हकमा १०३ डिग्र फर्हेनाइट भन्द्द बढी तापक्र्म भएमा त्यो पशु रोगि हुन्न सक्छ तसैले सम्भब भएसम्म थर्मोमिटर पशुको मलद्वारमा १ मिनिट सम्म राखी ताप्क्रम लिनुपर्छ ।
स्वास्थ पशुपन्क्षी किनिसकेपछी तेसलाई उपयुक्त तरिकाले घर सम्म ल्याउनु पर्छ । लामो समय यात्रा गर्नु पर्ने भएमा पशुपन्क्षीलाई केही समय रोकेर घाँस , दाना पानी दिनुपर्छ । थोरै ठाउमा धेरै पशुपन्क्षी कोचेर यात्रा गराउनु हुदैन ।

पशुपन्क्षीलाई बध गर्दा ध्यानदिनु पर्ने कुराहरु
किनेर ल्याउने बितिकै तुरुन्तै पशुपन्क्षी बध गर्नु हुदैन । बध गर्नु पहिले केही घण्टा पशुपन्क्षीलाई भोकै राख्नु स्वास्थको हिसाबले उपयुक्त हुन्छ । पसुपन्क्षी बध गर्ने स्थल , औजार र पानी सफा र स्वस्थ हुनु अतिअबस्यक हुन्छ । यदि फोहर पानी र बाताबरणमा पशुपन्क्षी बध गरिएमा तेस्तो मासुमा साल्मोनेला, सिजेला, इ कोलि, प्रोटिअस, स्टाफाइलोकोकस र ब्यासिलस जस्ता जिबाणुहरुको संक्रमण हुनसक्छ । यस्ता जिबाणुहरुले मासुमा बिशाक्त सृजना गर्छ्न र यस्तो मासु सेबन गर्दा झाडापखाला लाग्ने वा खाध बिशाक्त भै ज्यानै जान सक्छ । मासु राम्ररी पकाउदा जिबाणु, बिसाणु र ढुसी नस्ट हुने भएता पनि तिनबाट उत्पादिद बिशाक्त र स्पोर हरु नस्ट हुदैनन तसैले पशुपन्क्षी बध गर्ने स्थान, पानी र औजारको सरसफाइमा ध्यान दिनु पर्छ । अहिले कोरोनाको प्रकोपको समय छ , पशुपन्क्षी बाट मानिसमा कोरोना नसर्ने भएता पनि पशुपन्क्षी बध र बिक्रि बितारण मा सङ्लग्न मानिस कोरोना सन्क्रामित भए मासुबाट पनि कोरोना सर्न सक्छ । यो बहेक अन्य रोगहरु पनि रोगी बध गर्ने मानिसबाट मासु हुँदै स्वस्थ मानिसमा सर्ने हुद्दा पशुपन्क्षि बध गर्ने मानिस पनि स्वास्थ हुनु उतिनै महत्त्वपूर्ण छ। त्यस्तै गरि पशुपन्क्षी बध गर्दा पशुपन्क्षीको रगत र लादिलाइ मासुको सम्पर्कमा आउन दिनु हुदैन ।नेपालि समाजमा पशुपन्क्षीको बध गरेपछी रगतको टीका लगाउने र रगतलाई काचै वा पकाएर खाने चलन छ जुन स्वास्थको दृस्ठिकोणले खराब छ। रगतमा जिबाणु हरुको सन्क्रमण अत्याधिक मात्रामा एक्दमै छिटोहुने हुद्द रगत पिउनु हुदैन ।
मासु बिगर्न नदिन के गर्ने
सफा र सुरक्षित तरिकाले बध गरेता पनि मासुको भन्डारण उप्युक्त तरिकाले नगरेमा मासु बिग्रन सक्छ र तेस्तो मासु सेबन गर्दा मानव स्वास्थमा प्रतिकुल असर पर्छ । मासु उच्च प्रोटिन र अन्य पौस्टिक तत्वले भरिपुर्ण हुने हुदा जिबाणु, बिसाणु र ढुसि छिट्टै बिकसित भै मासु कुहिने, गनाउने र खानको लागि अस्वस्थ हुने हुन्छ । तसैले मासु लाई काटेपछि जतिसकदो चाडो उपयुक्त तरिकाले भन्डारण गर्नु पर्छ । मासुलाइ भन्डारण गर्दा शून्य डिग्री वा त्योभन्दा कम अर्थात डि फृजमा गर्नुपर्छ ।तसो गर्दा मासुजन्य तन्तुमा हुनसक्ने सबैखाले गतिबिधी निस्कृय भै जिबाणु र ढुषिको सन्क्र्मण हुन पाउदैन । चिसायर राखेको मासु ताजा भन्दा कम स्वादिलो भए पनि स्वस्थ हुन्छ । उपयुक्त तरिकाले भन्डारण गरिएमा रागाको मासु १२ महिना, खसिको ९ महिना, बदेल्को ६ महिना र कुखुराको ६(७ महिना सम्म सुरक्षित राख्न सकिन्छ । यो बाहेक मासुलाइ घाम, आगो मा सुकाएर पानीको मात्र घटाइ सुकुटिको रुपमा पनि भन्डारण गर्न सकिन्छ । छोटो समयको लागि नुन नराखिकन, मरमसालाको उचित प्रयोग गरेरे पनि मासुलाइ सुरक्षित राख्न सकिन्छ ।

बिग्रेको मासु कसरि चिन्ने
उपयुक्त तरिकाले बध र भन्डारण नगरिएको मासु छिटो बिग्रन्छ । मासिमा जिबाणु र ढुसी को संक्रमण भएमा मासुको सतह चिप्लोचिप्लो हुने, ग्यास उतपादन हुने, गन्ध फरक हुने र बोसो पग्लने हुन्छ । चारैतिरबाट बन्ध गरेर भन्डारण गरिएको मासुमा अक्सिजन नहुने हुद्दा, अक्सिजन बिना बाचने जिबाणुहरु बिकशीत भै मासु कुहिएर दुर्गन्दित हुने, ग्यास उत्पादन हुने र अमिलो हुन सक्छ । पकाएको मासु लामो समयसम्म भन्डारण गरेर राख्न सकिँदैन त्यसैले एकै चोटि धेरै मासु पकाउनु राम्रो होइन ।