कार्तिक ८ गते २०७७
चर्च भत्किँदा कम्तीमा २२ जनाको मृत्यु
एजेन्सी
आक्रा — अफ्रिकी मुलुक घानामा एउटा चर्च भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार घानाको पूर्वी क्षेत्र अकेयम बाताबीमा रहेको निर्माणाधीन चर्चको तीनतले भवन भत्किँदा ११ जना महिला १० पुरुष र एक जना बालकको मृत्यु भएको हो ।
अहिले प्रहरी, सैनिकसहितको उद्धार टोलीले भवनभित्र फसिरहेका मानिसको उद्धार गरिरहेको छ ।
भवनमा कति मानिस थिए भन्ने यकिन विवरण नभए पनि स्थानीय सञ्चारमाध्यमहरुले घटना घटेका बेला ६० भन्दा बढी मानिस भवनभित्र रहेको बताएका छन् । उक्त भवन सन् १९९४ बाट बनाउन सुरु गरिएको बताइएको छ ।