कार्तिक १४ गते २०७७

बजारमा गुर्जोको माग बढ्यो

कोरोना भाईरस (कोभिड–१९) को त्रासमा यतिबेला सिंगो बिस्व नै रहेको छ । नेपालमा पनि दैनिक हजारौ मानिसहरु संक्रमीत भएका छन । संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले पनि कोरोना संग हार खाएको महशुस जनमानसमा हुन थालेको छ । एक प्रकारले संक्रमण फैलदै जादा आयुर्बेदिक उपचारको बजार पनि बढ्न थालेको छ । गाऊमा रहेको गुर्जो यतिबेला अत्याधिक प्रयोगमा आएको छ । गुर्जो यसअघि कौडीको भाऊमा पाईने चिज हो । तर केही बहुराष्ट्रिय कम्पनीहरुले भने गुर्जो बहुउपयोगि बस्तुको रुपमा प्रयोग गर्दे आएका थिए । गुर्जोको चिया यतिबेला चर्चामा रहेको छ । शरिरको तापक्रम र प्रतिरोगि क्षमता बढाउने काम गुर्जोले गर्ने भएकाले पनि यसको प्रयोग बढेको हो ।
नेपालमा गुर्जो चिया उत्पादन गर्दे आएको गोरखा आयुर्वेद कम्पनीले भने गुडची नामको चिया बिस्व बजारमा पठाएको छ । यसको माग अहिले बिस्वका बिभिन्न मुलुकहरुमा रहेको बताइएको छ ।
३५ कर्मचारी राखेर आयुर्वेदिक औषधि उत्पादनमा गरेको उद्योगलाई अहिले भ्याइनभ्याई छ । लकडाउनयता यो उद्योगबाट उत्पादित औषधिको माग थेगिनसक्नु छ ।
साढे तीन दशकअघि स्थापनाको समयमा कम्पनीले गुर्जो गुडुची चियाबाट उत्पादन सुरु गरेको थियो । सुरुवाती अवस्थामा यो चियाले नै कम्पनीलाई चिनाएको उत्पादन अधिकृत अर्जुन अर्यालले बताए । ‘०४५ सालसम्म गुर्जो चिया मात्र उत्पादन भयो, अरू अनुसन्धान गर्ने काम भए,’ उनले भने, ‘झन्डै ४० वर्षपछि अहिले फेरि यो चियाको माग बढी छ ।’

कम्पनी स्थापनाकालमा उत्पादित गुर्जो चिया इटली र फ्रान्सका बजारसम्म पुग्थ्यो