कार्तिक १६ गते २०७७

आगोले पोलिएको परिवारलाई सहयोग

आफ्नो जन्मदिनको अबसर पारेर अनेरास्वबियू कास्किका नेता बिनोद भन्डारीले गण्डकी मेडिकल कलेज पोखरामा उपचार गराइरहेका एक बिरामीलाई आर्थिक सहयोग गरेका छन । आगो बाट जलेर आइसियुमा उपचाररत सेरबहादुर गुरुङको परिवार सहित ४ जनाको परिवारलाइ रु ५ हजार ५ सय ५५ रुपैया सहित फलफूल सहयोग गरेका हुन । उनिहरुको परिवारलाई उपचारमा कठिनाइ भएको कारणले आफ्नो जन्मदिनमा यस्तो सहयोग गरेको भण्डारीले जानकारी दिए । बिद्यार्थि नेता भण्डारीले अघिल्ला बर्षहरुमा पनि आफ्नो जन्मदिनमा अनाथ बालबालिका लाई स्टेसनरी तथा खेलकुद सामाग्री बितरण, साहारा क्लबका खेलाडिहरु लाइ जर्सी बितरण लगायतका कार्य गर्दै आउनु भएको छ।
राति कोठामा ग्यास चुहिएर आगोलागि भएको शेरबहादुरको श्रीमती सहित ४ जनाको गण्डकी अस्पतालमा उपचार भैरहेको छ । उनिहरु मजदुरी गरेर खाने परिबार भएका कारण आर्थिक कठिनाई रहेको अनेरास्वबियुको नेता शेखर गौतमले बताए । उनिहरुको आर्थिक अबस्था अत्यन्त नाजुक रहेको र आफुले उपचारमा सुरु देखि नै सहयोग गर्दे आएको गौतमले जानकारी दिए ।