कार्तिक १६ गते २०७७

धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य मन्त्रालयको र्निदेशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल सबैले धरौटी नलिई कोरोना भाइरसका संक्रमितको उपचार गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले सबै सरकारी अस्पतालले कोरोना संक्रमितसँग धरौटी नलिइ उपचार गर्न मन्त्रालयले निर्देशन दिएको बताएका हुन् ।

प्रवक्ता गौतमले धरौटी सम्बन्धि सूचना निकाल्ने सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण साधेको र अरु अस्पताललाई पनि धरौटी नलिन भनेको बताए । धरौटी लिएर मात्रै उपचार गर्ने भनेर सूचना निकाल्ने अस्पतालहरुलाई मन्त्रालयले स्पष्टीकरण मागेको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कुनै पनि सरकारी अस्पतालले उपचार अगाडि धरौटी लिन नपाउने बताए। मन्त्रालयले धरौटी लिन पाउने कुनै निर्देशन मन्त्रालयले नदिएको उनले स्पष्ट पारे।
उनले सक्नेसँग शूल्क लिने र नसक्नेसँग शुल्क नलिइ उपचार गर्ने पहिलेको निर्णय यथावत रहेको पनि बताए । कोरोना संक्रमितको उपचारका लागि भन्दै विभिन्न निजी तथा सरकारी अस्पतालहरुले धरौटी नलिई भर्ना नगर्ने भन्दै सूचना निकालेका छन् ।