कार्तिक १६ गते २०७७

आईपीएल ः राजस्थान र कोलकातालाई जित आवश्यक

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा आज ९आइतबार० हुने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ
कोलकाता र राजस्थानले लिग चरणको आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् । कोलकाता र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाता र राजस्थान जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्न चाहन्छन् । दुबै टिमको प्ले अफ पुग्ने सम्भावना रहेको छ । तर, दुबै टिमलाई फराकिलो जितको आवश्यकता छ ।

अघिल्लो भेटमा कोलकाताले राजस्थानलाई ३७ रनले हराएको थियो । कोलकाता त्यस जितलाई निरन्तरता दिन चाहन्छ । राजस्थान भने कोलकातासँग अघिल्लो भेटमा बेहोरेको हारको बदला लिन चाहन्छ ।

राजस्थान १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । कोलकाता समान खेलबाट समान अंकसहित सातौं स्थानमा रहेको छ । यस्तोमा दुबै टिम अन्तिम खेल जित्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्न चाहन्छन् । तर, दुबै टिमलाई जितले मात्र पुग्ने छैन । प्ले अफ पुग्न दुबै टोलीका लागि अन्य खेलको नतिजामा समेत निर्भर हुनु पर्नेछ ।

यदी किङ्स इलाभेन पन्जाब र सनराइजर्स हैदराबाद अन्तिम खेलमा पराजित भएमा कोलकाता र राजस्थानको विजेतालाई प्ले अफ पुग्न सहज हुनेछ । लिग चरणको अन्तिम खेल बाँकी रहँदासम्म एक टिमले मात्र प्ले अफमा स्थान बनाउँन सफल भएको छ ।

मुम्बई इण्डियन्स प्ले अफमा पुगिसकेको छ । यस्तै चेन्नई सुपर किङ्स प्ले अफ होडबाट बाहिरिसकेको छ । अब ६ टिम मध्ये ३ टिमले प्ले अफमा स्थान बनाउने छन् ।