कार्तिक १७ गते २०७७

जलविद्युत् योजनाहरुले देश बिकासमा सहयोग गर्ने ः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश भित्र निर्माण भईरहेका जलविद्युत् योजनाहरुले देश बिकासमा सहयोग गर्ने बताउनु भएको छ । साथै जलविद्युत् योजनाका नाममा खोला झोलामा राख्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । आइतवार कास्कीको माछापुच्छे गाउँपालिका स्थित सार्दीखोलामा निर्माणाधिन सेती नदी हाइड्रोपावरको अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताउनु भएको हो ।उहाले जलविद्युत् नेपाल विकासको प्रमुख आधार भएको जनाउँदै संघ, प्रदेश र स्थानीय तहले तत्काल जलविद्युत् सम्बन्धी कानुन बनाउनुपर्ने पनि बताउनुभयो।मुख्यमन्त्री गुरुङले गुणस्तर ख्याल गर्दै समयमै कार्य सम्पन्न गर्न निर्माण व्यवसायी भिजन लुम्विनी उर्जा कम्पनीलाई निर्देशन पनि दिनुभयो।त्यस अवसरमा कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले निर्माणको अवस्था वारे मुख्यमन्त्री गुरुङलाई अवगत गराउनु भएको थियो। कुल २५ मेगावाटको उक्त आयोजना गत बैशाख २३ गतेदेखि सुरु गरिएकोमा सुरु भएको २७ महिना भित्र कार्य सक्नुपर्ने प्रावधान छ ।आयोजनाको कुल लागत रु. ५ अर्व छ ।हालसम्म ११ प्रतिशत कार्य सकिएको निर्माण कम्पनीले जनाएको छ।