कार्तिक २२ गते २०७७

बिसालनगर टोल बिकास संस्थाको अध्यक्षमा तिवारी

पोखरा महानगरपालीका १४ बिसाल नगरमा रहेको बिसालनगर टोल बिकास संस्थाको सातौ बार्षिक साधारण सभा तथा चौथो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले आगामी दुई बर्षे कार्याकालको लागी तिलक प्रसाद तिवारीको अध्यक्षतामा ११ सदस्सिय नयाँ कार्यसमिती चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथी वडा नं १४ का वडा सदश्य जितेन्द्रजंग थापाले कार्यक्रमको उद्धघान गर्दे देशको बिकास घर गाउँ टोल बाट सूरुहुने भएकोले टोल बिकास सस्थाको भूमिका महत्वपुर्ण हुनेमा जोडदिए । समितीको उपाध्यक्षमा बुद्धिसागर देवकोटा,सचिवमा कृष्णकुमार श्रेष्ठ, सहसचिवमा संगिता सुबेदी, कोषाध्यक्षमा बिज्ञान गौतम चयन भएका छन् । त्यसैगरी सदश्यमा बाबुराम रेग्मी, पुष्प दाहाल, नाराएण चापागाई, हरी न्यौपाने र यसोदा रावत चयन भएका छन् । त्यसैगरी संस्थाको सल्लाहाकारमा ई.सुसील कुमार लामा , टुकादत्त रेम्मी, भोबिन्द्र गीरी र चन्द्र बिक्रम अधिकारी चयन भएका छन् । कार्यक्रमको संचालन निवर्तमान सचिब तिलक प्रसाद तिवारीले गरेका थिय भने निवर्तमान उपाध्यक्ष चन्द्रबिक्रम अधिकारील स्वागत मन्तब्य राखेका थिए