कार्तिक २२ गते २०७७

रक्तदान बिपद ब्यबस्थापनमा महत्वपुर्ण सहयोग ः मन्त्री चुमान

गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले रक्तदान गरेर बिपद ब्यबस्थापनमा राज्यलाई सहयोग पुर्याउन सकिने बताउनु भएको छ ।
पोखरामा मुस्लीम युवा समीतीले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा उहाँले पछिल्लो महामारीका कारण रगतको अभाव हुन सक्ने संभावनालाई मध्यनजर गर्दे संभव भएसम्म रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो । प्रदेश सरकारले कोराना माहामारी ब्यबस्थापनका लागि सुरुमा मन्त्रालय आफैले रक्तदान कार्यक्रमको आयोजना गरेको स्मरण गर्दे सोचेजस्तो अभाव हुन नदिन प्रदेशबासीहरुले खेलेको भुमिका प्रसंसा योग्य रहेको उहाँले बताउनु भयो ।
बिस्वमा जस्तै नेपालमा पनि दुर्लभ रक्त समुह रहेकोले दुर्लभ रक्तसमुह हुनेहरुले उक्त समुहमा सहभागि भएर रगतको अभावबाट कसैको पनि ज्यान जान नदिन सो अबसरमा अपिल गर्नुभयो । कार्यक्रममा राष्ट्रिय उद्योग ब्यापार महासंघ गण्डकी प्रदेशका अध्यक्ष प्रबेशचन्द्र उप्रेतिले मुस्लीम युवाहरुले गरेको कार्यक्रम प्रसंशनिय रहेको बताउनु भयो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १२ का वडा सदस्य हाजि रईमुल्ला मिया, अन्जुमन स्लाउन मुस्लीमका अध्यक्ष हावि अब्दुल रहिम मिया लगायतले कार्यक्रममा बोल्नु भएको थियो । कार्यक्रममा ६२ युुनिट रगत संकलन भएको समितिका अभ्यक्ष अब्जल हुसेन मियाले जानकारी दिनु भयो । ईस्लाम धर्मका अन्तिम तथा महान शन्देष्ठा हजरत मुहम्मद को जन्मदिनको अबसर पारेर कार्यक्रमको आयोजना गरिएको हो ।