कार्तिक २२ गते २०७७

हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा महानगरपालीका वडा नं ९ मा रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शुक्रराज कंडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्धघाटन जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य तथा सहकारी बिभाग सदस्य राधिका शाही योगी, संस्थाका संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, लेखा समिती सदस्य रामचन्द्र पोख्रेल लगायतले आफ्ना भनाई राखेका थिए । सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, विभिन्न उपसमिति संयोजक एवं सदस्यहरू, उपस्थिति रहेता पनि बिश्वब्यापी रपमा फैलिरहेको कोभिड १९ को कारण स्वास्थ्यको परिधी भित्र रहदै सानो संख्यामा कार्यक्रम सम्पन्न गरियको संस्थाका अध्यक्ष कँडेलले जानकारी दिए । कार्यक्रमको सञ्चालन सहकारीका सहसचिव कृष्णप्रसाद तिमिल्सिनाले गरेका थिए ।