कार्तिक २४ गते २०७७

इतिहास रच्दै दिल्ली क्यापिटल्स पहिलो पटक आईपिएलको फाईनलमा

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रबेस छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास रचेको हो । जितका लागि १ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो । हैदराबादका मध्यक्रमका केन विलियम्सनले ४५ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर कागिसो रबाडाले ओपनर तथा कप्तान डेभिड वार्नरलाई २ रनमा बोल्ड गर्दै दिल्लीलाई महत्वपूर्ण सफलता दिलाएका थिए ।दिल्लीका तीव्र गतिका बलर कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । मार्कस स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो । ओपनर शिखर धवन ५० बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७८ रनको योगदान दिए । शिम्रन हेटमायर २२ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा अविजित रहे । दिल्लीले मार्कस स्टोइनिसलाई शिखर धवनका साथ ओपनिङ गराउने निर्णय लिएको थियो । जुन निर्णयलाई दिल्लीका ओपनरले सहित सावित गर्दै पहिलो विकेटका लागि ८।२ ओभरमा ८९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर राशिद खानले नवौं ओभरको दोस्रो बलमा स्टोइनिसलाई ३८ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्का प्रहार गरे दिल्ली क्यापिटल्सल मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भए पनि यो सिनज उनले खेल खेल्ने मौका भने पाएका छैनन् । उपाधिको लागि दिल्लीले मंगलबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ । मुम्बईले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।