कार्तिक २४ गते २०७७

मरस्याङ्गदी गाऊपालिकामा प्याराग्लाईडिङ्ग सुरु

पर्यटकीय स्थलको रुपमा परिचित लमजुङ्ग जिल्लाको मर्स्याङ्दी गाउँपालिका स्थित वार्ड न३ हार्सिङ्ग डाडाबाट प्याराग्लाइडिङ्ग परिक्षण उडान सफल भएको छ ।
हिमाल तथा फाँटहरुको अबलोकनका लागि प्याराग्लाईडिङ्ग रोमान्चक हुने अनुमानका साथ परिक्षण उडान गरिएको पालिकाका उपाध्यक्ष होम बहादुर बि.क. ले जानकारी दिनुभयो । प्याराग्लाईडिङ्ग संगै दृश्याबलाकनका लागि उक्त ठाऊ नयाँ गन्तब्य बन्न सक्ने संभावना बोकेको उहाँको भनाई छ । एक पटक गएका पर्यटन पुनः सो क्षेत्रमा पुग्ने गरेको बि.क. ले बताउनु भयो । परिक्षण उडान पोखराको ओपन स्काइ प्याराग्लाइडिङ प्रा.ली. ले गरेको हो । गाउँ पालिका अध्यक्ष अर्जुन गुरुङ लाइ लिएर उडान गरिएको थियो ।
परिक्षण उडान पछि अव हार्सिङबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ ।बेशिसहरबाट खुदी हुदै १८ कि.मि. मा हार्सिङ पुग्न सकिन्छ