कार्तिक २४ गते २०७७
कोरोना भाइरस महामारी प्रभावित देशमध्ये नेपाल ३४औँ स्थानमा
विश्वभरि कोरोनाभाइरस संक्रमितको सङ्ख्या पाँच करोड नाघ्दा नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख पुग्न लागेको छ । कोरोनाभाइरस महामारीसम्बन्धी तथ्याङ्कको अभिलेख राख्दै आएको अमेरिकास्थित जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार संसारभरि १२.५७ लाख मानिसको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भइसकेको छ। नेपालमा १,१२६ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्क छ। सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्न लागेको नेपाल कोरोनाभाइरस प्रभावित देशको सूचीमा ३४ औँ स्थानमा भएको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ। तर धेरै देशमा पर्याप्त परीक्षण नगरिएकाले कोरोनाभाइरसबाट प्रभावित मानिसको सङ्ख्या अझै बढी हुनसक्ने बताइन्छ। विश्वभरि एकचौथाइ सङ्क्रमितहरू महामारीको दोस्रो लहरमा थपिएको समाचारसंस्था रोएटर्सले जनाएको छ। एक करोड २५ लाखभन्दा बढी सङ्क्रमित भेटिएको र तीमध्ये ३,०५,७०० जनाको मृत्यु भएको युरोप महादेशमा फेरि सङ्क्रमण व्यापक रूपमा फैलिएको छ। यो वर्षको आरम्भतिर पनि युरोप कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु थियो। अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक करोड पुग्न लागेको छ। अमेरिकामा तीन दिनदेखि दैनिक वृद्धि १,२५,००० रहेको छ।
दक्षिण एशियामा सबैभन्दा कम प्रभावित देश भुटान हो भने त्यसपछि माल्दिभ्स र श्रीलङ्का रहेका छन् । भारतमा अहिलेसम्म ८५.५३ लाख मानिसमा कोभिड(१९ पुष्टि भएको छ भने १,२६,६०० भन्दा केही बढी मानिसको मृत्यु भएको छ । दक्षिण एशियामा भारतपछि सङ्क्रमितको सङ्ख्याका आधारमा बाङ्ग्लादेश, पाकिस्तान र नेपाल छन।सोमवार नेपालमा २,५७१ सङ्क्रमित थपिएको र १८ जनाको मृत्यु भएको पुष्टि भएको छ। अहिले नेपालमा ३६,१७४ जनामा सक्रिय सङ्क्रमण छ भने १,९७,०२४ सङ्क्रमितमध्ये १,५९,७२४ जना निको भइसकेका छन् । सोमवार अतिप्रभावित राजधानी काठमाण्डौमा १,४२८ सङ्क्रमित थपिए । अहिले काठमाण्डौ उपत्यकामा १९,३८४ सक्रिय सङ्क्रमित छन्। यो कुल सक्रिय सङ्क्रमितको आधाभन्दा बढी हो।