कार्तिक २५ गते २०७७

नेपालमा कोरोना भाइरसबाट थप २७ सय सङ्क्रमण,२२ जनाको मृत्यु

गएको २४ घण्टामा नेपालमा थप २,७३६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या झन्डै दुई लाख पुगेको छ । सो अवधिमा २२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,९९,७६० पुगेको छ । अहिलेसम्म नेपालमा १,१४८ सङ्क्रमितको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । तीमध्ये १,६०,५७७ जना सङ्क्रमणमुक्त भएका छन् । २४ घण्टामा ८५३ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ। अहिले देशभरि ३८,०३५ जना सक्रिय सङ्क्रमित छन्। गएको २४ घण्टामा १२,९६० जनाको पीसीआर परीक्षण गरिएको थियो। र सङ्क्रमण पुष्टि भएकामा १,०५९ जना महिला रहेका छन् ।