कार्तिक २५ गते २०७७
पूर्वाधारका कार्यक्रमलाई व्यवस्थित गछौं मन्त्री बस्नेत
गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले पूर्वाधारका कार्यक्रमलाई व्यवस्थित गर्ने बताउनु भएको छ । कास्कीको माछापुच्छे गाउँपालिका ५ स्थित रिभान खहरे मोटरेवल पुलको मङगलवार शिलान्यास गर्दै मन्त्री बस्नेतले सो कुरा बताउनु भएको हो। बस्नेतले सडक विकासको मेरुदण्ड भएको चर्चा गर्दै संघीय व्यवस्था लागु भएसँगै विकास निर्माणले तिब्रता पाएको दावी पनि गर्नु भयो । प्रदेश सरकार अव काठे पोल विस्थापन गर्ने, एक घर एक धारा निर्माण गर्ने तथा आगामि २ वर्षभित्र आवश्यक ठाँउमा झोलुङे पुल निर्माण गर्ने तयारीमा रहेको स्पष्ट पार्दै मन्त्री बस्नेतले त्यसमा स्थानीयको सहयोग महत्वपूर्ण रहने पनि औँल्याउनु भयो। त्यसैगरी प्रदेश सांसद रामजीप्रसाद बरालले गुणस्तरीय पुल निर्माणमा स्थानियले चासो दिनुपर्ने बताउनुभयो ।उहाँले साविकको सार्दिखोला र माछापुच्छे« गाविस जोड्ने गरी सेती नदी माथि परिकल्पना भएको रातो पुल निर्माणलाई पनि पूर्णता दिनुपर्नेमा जोड दिनुभयो उक्त मोटरेवल पुल निर्माणको जिम्मा इन्द्रेणी÷फेवा जेवी पोखराले पाएको छ ।जसको लागत रु.५ करोड ९८ लाख ३० हजार ६ सय ८२ छ । कुल ४० मिटर लम्बाई र ८.४ मिटर चौडाईको उक्त पुल आगामि असोज मसान्तसम्म सक्नुपर्ने प्रावधान छ ।पुल निर्माणसँगै माछापुच्छे« गाउँपालिका ५, ८ र ९ वासी प्रत्यक्ष लाभान्वित हुनेछन् । उक्त स्थानमा वि.स २०७४ साउन २४ गते माथिबाट पहिरो जाँदा खहरे खोलाले कुल ११ घर भत्काएर वगरमा परिणत गरेको थियो ।