कार्तिक २८ गते २०७७
युनाइटेड क्लवद्धारा स्वास्थ्य सामाग्री हस्तान्त्रण
समाज सेवामा आफ्नो निरन्तर सक्रियता बढाईरहेको पोखराको युनाइटेड क्लवले स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । शुक्रबार वडा प्रहरी कार्यालय रामबजारमा आयोजित एक कार्यक्रमका बिच युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक प्रकास थापालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्नूभएको हो । विश्वब्यापी महामारीको यो समयमा उपयोगी हुने माक्स,स्यानिटाईजर, ग्लोब्स फेसशिल लगायतका सामाग्री हस्तान्त्रण गरिएको हो । अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालको पहिलो औपचारिक कार्यक्रमा अग्रपंक्ती खटेर काम गर्ने सुरक्षाकर्मीको लागी सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । साथै अध्यक्ष श्रेष्ठले वडा प्रहरी कार्यालय रामबजारका हरेक गतीबिधीमा युनाईटेड क्लब बिगतमा पनि सगसगै रहेको र आगामी दिनमा पनि सगसगै रहने प्रतिबद्धता पनि जनाउनुभयो । जयराम आचार्यको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन महासचिब शान्ताबहादुर थापाले गर्नुभएको थियो भने क्लवका संस्थापक अध्यक्ष हिामालयन बख्रलेल, पुर्व अध्यक्ष शुक बहादुर गुरुङ लगायत क्लबका कार्यसमिती सदश्यहरुको उपस्थिती रहेको थियो ।