कार्तिक २९ गते २०७७
नेपालमा थप १,९४६ जना सङ्क्रमित, १३ जनाको मृत्यु
पछिल्लो २४ नेपालमा थप १,९४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने, १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। देशभरि ८,७५३ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। काठमाण्डौ उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ। त्यस्तै गएको २४ घण्टामा दुई हजार पाँच सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ७० हजार ६ सय ३२ पुगेको छ । अब नेपालमा ३६ हजार चार सय ५३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय १५ पुगेको छ ।