कार्तिक ३० गते २०७७
वाशिङ्टनमा डोनल्ड ट्रम्पका समर्थक र विपक्षीबीच झडप
अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएका र्यालीमा उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडपहरू भएका छन्। सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार ट्रम्प समर्थक र्यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए। त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए। राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जीतलाई आधारहीन र अमान्य भन्दै आएका छन् । निर्वाचन अधिकारीहरूले भने अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भनि घोषणा गरेका छन्।राष्ट्रपति ट्रम्पले थुप्रै प्रमुख राज्यहरूमा मतपरिणामलाई लिएर मुद्दा हालेका छन्। ती मुद्दामा उनले चुनावमा व्यापक रूपमा धाँधली भएको आरोप लगाएका छन् तर प्रमाण पेश गरेका छैनन्।एरिजोना राज्यमा उनको समूहले निर्वाचनका दिन गरिएका मतदानमा मतपत्र पुनस् हेरिनुपर्ने माग गर्दै दर्ता मुद्दा फिर्ता लिएका छन्। उनका प्रतिद्वन्द्वी बाइडनको स्पष्ट अग्रता देखिएपछि एरिजोनामा त्यस्तो मुद्दा हालिएको थियो। केही वैध मतहरू अस्वीकार गरिएको भन्ने दाबीका आधारमा त्यस्तो मुद्दा दायर गरिएको थियो।