कार्तिक ३० गते २०७७
नेपालमा पछिल्लो २४ घन्टामा थप १,४७७ जनामा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप १,४७७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आईतबार देशभरि जम्मा ६,४७६ जनाको परीक्षण भएको थियो । काठमाण्डौ उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ। यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख दश हजार नजिक पुगेको छ। अहिले पुष्टि भएका ३५,१२५ जना सक्रिय सङ्क्रमित छन्। सरकारको तथ्याङ्कअनुसार शनिवारसम्म नेपालमा १,२२१ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ। मन्त्रालयले अपराह्ण प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,७९८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म कुल १७३,४३० जना सङ्क्रमणमुक्त भएको सरकारी तथ्याङ्क छ।