मंसिर २ गते २०७७

पछिल्लो २४ घण्टामा नेपालमा थप ५०२ जनामा कोरोना सङ्क्रमण, १७ जनाको मृत्यु

गएको २४ घण्टामा नेपालमा ५०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। उक्त अवधिमा देशभरि ३,११२ जनाको मात्र परीक्षण गरीएको थियो ।यो सगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ११ हजार नाघेको छ। अहिले पुष्टि भएका ३०,९८६ जना सक्रिय सङ्क्रमित छन्।तर पर्याप्त परीक्षण नभएकाले सङ्क्रमितको सङ्ख्या धेरै भएको हुनसक्ने विज्ञहरूको भनाइ छ। सरकारको तथ्याङ्कअनुसार मङ्गलवार सम्म नेपालमा १,२४७ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ। अपराह्ण प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,८७८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म कुल १७९,२४२ जना निको भएको सरकारी तथ्याङ्क छ। चाडपर्वका बेला कम सङ्ख्यामा परीक्षण भएको हो । आइतवार १,४७७ र सोमवार १,१९७ जनामा सङ्क्रमण पुष्टि भएको थियो।