मंसिर २ गते २०७७
नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा
नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । यससँगै उपाधि बंगलादेशले जितेको छ । पछिल्लो खेलभन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले खेल अवधिभर संयमित प्रदर्शन गरेको थियो केहि आक्रमण बुनेपनि त्यसमा सफल हुन भने सकेन । बल पकडमा राखेपनि अन्तिम पास निकाल्न भने नेपाली मिडफिल्डलाई कठिनाइ भएको थियो । खेलको तेस्रो मिनेटमा दर्शन गुरुङको फ्रिकिक क्लियर भएर आएपछि तेज तामाङले झन्डै ३० यार्ड टाढाबाट गरेको भली गोलरक्षक अशरफुल रानाले बचाए । त्यसपछि दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरेपनि डिफेन्स लाइन तोड्न भने निकै संघर्ष गर्नुपर्यो । नेपालले खेलको १९ औं मिनेटमा नै खेलाडी परिवर्तन गरेको थियो । कप्तान भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका थिए ।
दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै पुजन उपरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । ५६ औं मिनेटमा नेपालले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । छिरिङ गुरुङको लो क्रसमा नवयुग श्रेष्ठ र सुजल श्रेष्ठ दुवैले पेनाल्टी क्षेत्रभित्र सट प्रहार गर्न सकेनन् । त्यसको दुई मिनेटपछि साद उद्दीनले बढाएको बललाई किरणले अगाडी बढेर रोक्दै खतरा टारे ।लगत्तै अनन्तले उत्कृष्ट डिफेन्स गर्दै बंगलादेशको अर्को आक्रमण विफल पारे । ७० औं मिनेटमा विकास खवासले प्रहार गरेको लामो दुरीको फ्रिकिक आकासियो । ७१ औं मिनेटमा नेपालले दुई परिवर्तन गर्दै सेसेहाङ आङदेम्बे र रवि पासवानलाई मैदान प्रवेश गरायो । सेसेहाङ दर्शनको स्थानमा र रवि अन्जनको स्थानमा मैदान प्रवेश गरेका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा रजिन धिमालको फ्रिकिकलाई कप्तान जमालले क्लियर गर्दै खेल बराबरीमा नै राखे । इन्ज्युरी समयको दोस्रो मिनेटमा रजिन धिमालको क्रसमा नवयुग श्रेष्ठको हेडर पोस्टमा लागेर फर्कंदा नेपाल अन्त्तिम समयमा जित दर्ता गर्नबाट बन्चित भयो । पहिलो खेल २(० ले जितेको बंगलादेशले एक जित र एक बराबरीसँगै उपाधि घरेलु मैदानमा राख्न सफल रहयो ।