मंसिर ६ गते २०७७
सहकारी संस्था द्धारा आलुको बीऊ वितरण
अन्नपूर्ण–६, लुम्ले स्थित कान्छी बराह बचत तथा ऋण सहकारी संस्थाले द्धारा आलुको बीऊ वितरण गरेको छ । सहकारीले सहकारीमा आवद्घ अति विपन्न र विपन्न शेयर सदस्यलाई उद्यमी बनाउने उद्देश्यले बीऊ वितरण गरेको हो ।गुड नेभर इन्टरनेशनलको आर्थिक सहयोग तथा नौलो घुम्तीको समन्वयमा बीऊ वितरण गरिएको हो।त्यस अवसरमा ४० जना शेयर सदस्यलाई जनही ७५ केजीका दरले बीऊ बाढिएको थियो । कार्यक्रममा भनाई राख्दै वडाध्यक्ष चित्रबहादुर गुरुङले लुम्लेमा राम्रो कार्यको थालनी भएको चर्चा गर्दै कार्यक्रमले विपन्न शेयर सदस्यलाई उद्यमी बन्न प्रोत्साहन गरेको औँल्याए ।त्यस अवसरमा वडा सदस्य लक्ष्मी देवकोटाले पनि भनाई राखेकी थिइन् । सहकारीकी अध्यक्ष जौमाया देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव ममता देवकोटाले संचालन गरेकी थिइन् ।