मंसिर ९ गते २०७७
कक्षा–१२ को परीक्षा संचालन
कोरोनाभाइरस महामारी र ‘लकडाउन’का कारण गत वैशाखमा रोकिएको कक्षा–१२ को परीक्षा मंगलबारबाट सुरु भएको छ । परीक्षामा देशभरका चार लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । देशभरका चार हजार १०५ विद्यालयमा परीक्षा केन्द्र राखिएको छ भने परीक्षा केन्द्रले भौतिक दूरी कायम गरेर पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चालन गरेको दाबी गरेको छ । संक्रमण हुन नदिन प्रत्येक परीक्षा केन्द्रमा परीक्षार्थीकोे ज्वरो परीक्षण गरिएको छ । परीक्षाका क्रममा एउटा कोठामा दुई मिटरको दूरी कायम गरी बढीमा २० जनासम्ममात्र राख्न पाइने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको निर्देशनअनुसार नै परीक्षा सञ्चालन गरिएको जनाईएको छ । केन्द्राध्यक्ष र निरीक्षकलेसमेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने र परीक्षा सुरु भएपछि अन्यलाई प्रवेश नदिने व्यवस्थासमेत गरिएको छ । प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै ‘कोड’को व्यवस्था गरेको बोर्डले जनाएको छ ।