मंसिर १० गते २०७७

अबैध काठ नियन्त्रण

कास्कीको रुपा गाऊपालिकामा रहेको एक सामुदायिक बनबाट अबैध काठ निकासी भएपछि नियन्त्रणमा लिइएको छ । रुपा सवडिभिजन कार्यालय, कास्की र डिभिजन बन कार्यालय,पोखराको संयुक्त टोलिले अबैध काठ बरामद गरेको हो । दाङ्गसिङ्गमर्याङ सामुदायिक बनका पदाधिकारीहरु कै संलग्नतामा काठ निकासी गरिएको बताइएको छ ।
स्थानिय अर्पन फर्निचरबाट २ सय ५० क्युफिट र बन क्षेत्रबाट ८३ क्युफिट काठ बरामद भएको रेन्जर गोबिन्द थापाले जानकारी दिनुभयो । अर्पन फर्निचरका सञ्चालक माधब पौडेल यसअघि पनि काठ काण्डमा पटक– पटक मुछिएका छन । उनले एक स्थानमा दर्ता अनुमति लिएर अर्को स्थानमा सञ्चालन गरेकोले बन कार्यालयले कार्वाही गरेको डिभिजन बन कार्यालय, पोखराले जानकारी दिएको छ । कार्यालयले सबै स्थान बाट गरि २५६ क्युफिट अबैध काठ बरामद भएको बताइएको छ । बन उपभोक्ता समितीका सचिव पबित्रा भट्टराईकै घरमा एक टयाक्टर काठ भेटिएको थियो । बन उपभोत्ता समिती र ब्यबशायिहरुको मिलेमतोमा काठ निकासी गरिएको बताइएको छ । बन कार्यालय, पोखराका अनुसार निजहरुलाई ३ वटा मुद्धा दर्ताको तयारी भएको छ । सरकारले बैज्ञानिक बन ब्यबस्थापन तथा चारी निकासी रोक्ने दिर्घकालिन योजना र्निमाणको तयारी सुरु गरेपछि काट कटान र निकासीमा रोक लगाएको छ ।
तर सामुदायिक बनका अध्यक्ष अर्जुन श्रेष्ठ लगायतको संलग्नतामा काठ तस्करीको प्रयास भएको देखिएको छ । बन उपभोक्ताले भने पहिरोका कारण ढलेको रुखका काठहरु निकासा गरिएको दावि गरेको छ ।