मंसिर १० गते २०७७
घरखेत जोगाउन तढ्बन्धन
श्रीभद्र पौडेल,
हेमजा, १० मंसिर ।बर्षा याममा दशकै वर्षदेखि स्थानीय सुईखेत खोलाले दुख दिइरहेपछि आफ्नो घरखेत जोगाउन भन्दै यतिवेला कास्कीको हेमजावासी उक्त खोला नियन्त्रणमा कसिएका छन् ।
जसअन्र्तगत खोलाको उत्तरी किनारमा हाल तढ्बन्धन निर्माणको कार्य भइरहेको छ ।तढ्बन्धन सँगै ५ मिटर फराकिलो सडक पनि निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको रु.५० लाख अनुदान साथै जनसहभागिताबाट सो कार्य सुरु गरिएको हो ।यसवर्ष एक सय ५० मिटर लम्बाईमा खोला नियन्त्रणको कार्य गरिने निर्माण समितिका अध्यक्ष शोभाकर भण्डारीले जानकारी दिनुभयो ।
खोलाले विगतमा खोला आसपासको कयौं हेक्टर खेतीयोग्य जमिन वगरमा परिणत गर्नुका साथै खोला नजिकैका घरहरुमा क्षेती पु¥याउदै आएको थियो ।जसकारण स्थानीय त्रसिद बन्दै आएका थिए ।
स्थानीय चौरासी नहरको मुहानदेखि अन्नपूर्ण नहरको मुहानसम्मको करिव ३ किलोमिटर क्षेत्रमा तढ्बन्धन निर्माण गरिएमा करिव दुई सय हेक्टर खेतीयोग्य जमिन जोगिने र एक सय घरधुरी सुरक्षित हुने अनुमान छ । नियन्त्रण कार्यमा हाल दैनिक २५ मजदुर कार्यरत छन्।
यसअघि विगतका वर्षहरुमा खोला नियन्त्रणका लागि दुई सय २५ मिटर लम्बाईमा तढ्बन्धनको काम भइसकेको छ ।वर्षैपिच्छे नियन्त्रणको कामले निरन्तरता पाउदाँ स्थानीयवासी भने खुसी भएका छन् ।