मंसिर १० गते २०७७

पोखरामा राजावादीहरुको बृहत् प्रदर्शन

हिन्दुराष्ट्र पुनःस्थापनालगायतका माग गर्दै बुधबार पोखरामा राजावादीहरुले ¥याली निकालेका छन् । कोरोना संक्रमणको बेवास्ता गदै ‘नेपाली जनता जागौं, राजा ल्याऔं, देश र धर्मको रक्षा गरौं’ भन्ने नाराका साथ मोटरसाइकल र कार ¥यालीले पोखराबजार परिक्रमा गरी मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीले पोखराको ट्राफिक व्यवस्था बुधबार दिनभर अस्तव्यस्त भएको थियो । कोणसभामा बोल्दै शिवसेनाका अध्यक्ष अनिल बस्नेतले नेपाली जनतालाई राजतन्त्र नभइ मुलुक बाँच्दैन भन्ने लागेको बताए । उनले गणतन्त्र असफल भएको भन्दै नेपाली जनता सडकमा आएको जिकिरसमेत गरे । अध्यक्ष बस्नेतले देशमा भएको भ्रष्टाचार, अन्याय, अत्याचारका विरुद्ध जनता सडकमा आएको बताए । राजवादीहरुले कार्यक्रमको आयोजना गरेपछि कास्की प्रहरीले पोखराको सुरक्षा व्यवस्था कडा पारेको थियो ।