मंसिर १० गते २०७७

नेपालमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४८ जना कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३१४० जनाले कोरोना जितेर संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ । त्यसैगरी पोखरामा ९ सहित गण्डकी प्रदेशमा बुधबार दिउसो थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ११ हजार ४ सय ७९ पुगेको छ ।