मंसिर १० गते २०७७
बाइडेनद्धारा छ वटा महत्वपूर्ण पदमा मनोनयन घोषणा
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको बताएका छन् । । सत्ता सम्हाल्ने तयारीका लागि विभिन्न छ वटा महत्वपूर्ण पदमा मनोनयन घोषणा गर्दै बाइडेनले आफ्नो समूहले अमेरिका र अमेरिकी नागरिकलाई सुरक्षित राख्दै विश्वको नेतृत्व गर्ने बताएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएसँगै बाइडेनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्ने छन् । ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय खतरा र विकासक्रम बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी पाउने जनाएको छ । बाइडेनले आफ्नो समूहले अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदारसँग सहकार्यमा लगाउने बताए । बाइडेनले डिरेक्टर अफ नेशनल्स इन्टेलिजेन्समा एभ्रिल हेन्सलाई मनोनयन गर्नुभएको छ । यदि अनुमोदन भएमा उनी डिरेक्टर अफ नेशनल्स इन्टेलिजेन्समा पहिलो महिला बन्नेछिन् । यस्तै विदेशमन्त्रीको जिम्मेवारी टोनी ब्लिङ्केनलाई, होमल्यान्ड सिक्युरिटीमा अलेहान्द्रो मयोर्कस, अर्थमन्त्रीमा अर्थशास्त्री ज्यानेट येलेन मनोनयनमा परेका छन् । बाइडेनले जलवायु परिवर्तनको संकटसँग जुध्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गरेका छन् ।