मंसिर ११ गते २०७७

नौ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

कोभिड–१९ का कारण नौ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । बिहीबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भएको हो । प्रशिक्षक जगत टमाटाको नेतृत्वमा नौ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टिमले स्वास्थ्य सुरुक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ । सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ ९क्यान०ले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ । यद्यपि, कप्तान ज्ञानेन्द्र मल्लसहित पाँचजना खेलाडी प्रशिक्षणमा सहभागी हुन पाएका छैनन् । कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई कोरोना ‘पोजिटिभ’ देखिएकाले मैदानमा छैनन् । गएको मंगलबार गरिएको ‘पीसीआर’ परीक्षणमा उनीहरुमा कोरोना देखिएको थियो । वसन्त रेग्मी पनि संक्रमित छन् । अहिले रित गौतम, अनिल शाह, कुशल भुर्तेल, विक्रम शोब र लोकेश बमलाई पनि क्यानले बन्द प्रशिक्षणमा सहभागी गराएको छ ।