मंसिर ११ गते २०७७

पोखराका विद्युतिय शवदाह गृह निर्माणमा स्थानीयको अवरोध

पोखरा महानगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको विद्युतिय शवदाह गृह निर्माण कार्यमा स्थानीयले अवरोध गरेका छन् । रामघाट स्थित बौद्घ अघौं सदनको दक्षिण पूर्व क्षेत्रमा निर्माण गर्न लागिएको सो शवदाह गृह निर्माणपछि विभिन्न प्रतिकुलता आउने भन्दै स्थानीय बुद्घचोक वातावरण सुधार समितिले त्यसको विरोध गरेको हो । समितिले शवदाह गृह निर्माण गर्नु आफैमा राम्रो भएपनि बीच शहरमा निर्माण गर्न खोज्नु दुभाग्यपूर्ण भएको जनाएको छ ।जसकारण धेरै नै प्रदुर्षण हुने र वन मासेर पनि वनाउन लागिएको दावी गर्दै वातावरण सुधार समितिका अध्यक्ष सम्झना अधिकारीले कुनै पनि हातलमा रामघाटमा विद्युतिय शवदाह गृह बन्न नदिने जिकिर गरिन्। यता सोही विषयलाई लिएर पोखरा महानगरपालिकाले भने स्थानीयको राय बुझी समाधानको बाटो पहिल्याउन पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ । महानगरपालिकाले स्थानीयको आवाज अस्वभाविक भएको ठहर गर्दै वार्ता र संवाद मार्फत निकास निकाल्न पनि आग्रह गरेको पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङले बताए।गत २०७६ भदौ २३ गतेबाट सुरु उक्त आयोजना २ वर्षभित्र सम्पन्न हुनुपर्नेमा गत माघबाटै स्थानीयले विरोध गर्दै आएका छन्। जसकारण निर्माण कार्य पूर्ण रुपमा प्रभावित वनेको छ ।हालसम्म १० प्रतिशत भन्दा बढी काम हुन सकेको छैन । रु.१७ करोड ६ लाख ७७ हजार ६ सय २८ को कुल लागतमा गृह निर्माणको जिम्मा काठमाण्डौं कुलेश्वर स्थित सिनर्जो बिल्डर्स प्रा.लिले पाएको थियो। गृह निर्माण रोक्नुपर्ने मागसहित उच्च अदालत पोखरा र सर्वोच्चमा मुद्दा समेत परेको छ । जसमध्ये अव सर्वोच्चको मुद्घा मात्रै किनारा लाग्न बाँकी छ ।उच्च अदालतले भने निर्माणमा कुनै अवरोध नगर्न स्थानीयलाई आदेश दिएको जनाइएको छ ।